Ps. Suraj Kasula Quotes

1.  

क्रूस अतुलनिय प्रकाश हो, जसमा महान अगमवक्ता ख्रीष्टले परमेश्वरको अनन्त योजना, बुद्धि र मुक्तिको ज्ञान उत्कृष्ट रुपमा प्रकट गर्नुभयो । ख्रीष्ट नै अगमवक्ता र अगमवाणीको पूर्णता र सम्पूर्णता हुनुहुन्छ । -पा.सुरज कासुला


2. 

बाइबल अनुसार बचाउने विश्वास चाहीँ न कमाउन सकिन्छ, न त उत्पादन नै गर्न सकिन्छ , तर यो त परमेश्वरको बरदान हो । यदि यो ईश्वरिय दान हो भने, न तपाईले आफ्नो मुक्ति कमाउन सक्नुहुन्छ न त यसलाई गुमाउन नै सक्नुहुन्छ, न यो तपाईको काममा निर्भर रहन्छ , न त तपाईको जिवनमा नै ,तर यो त ख्रीष्टले क्रूसमा सिध्याइ सक्नुभएको कार्यमा पूर्ण रुपमा निर्भर रहन्छ, जो हाम्रो निम्ति ईश्वरीय बरदान र अनुग्रह हुनुहुन्छ । - पा. सुरज कासुला


3.
क्रूस येशू राजाको युद्धभूमी थियो, जहाँ उहाँले आफ्नो शत्रु शैतानलाई हराउनु मात्र भएन तर आफ्ना मानिसहरुलाई सदैको लागी छुटकारा दिएर अनन्त प्रजा पनि बनाउनुभयो । -सुरज कासुला


4.  

हाम्रो धर्मिकरण, पवित्रीकरण र महिमिकरणमा नपुगेसम्मको आधार भनेको केवल ख्रीष्टको अनवरत काम हो , अर्थात हाम्रो पक्षमा भएर ख्रीष्टले क्रूसमा सिध्याई सक्नुभएको कामलाई देखाउँदै उहाँले परमेश्वरको सिंहासन अघि निरन्तर पुजाहारीको रुपमा अन्र्तविन्तीको प्रार्थना चढाई रहने कार्य हो । - पा. सुरज कासुला



5.  जब धर्म र राजनितिको विवाह हुन्छ, तब कस्तो किसिमको सन्तानहरु जन्मिछन कसैले अनुमान लगाउन सक्दैन । - पा. सुरज कासुला




Post a Comment

Previous Post Next Post