समृद्धिका सुसमाचारका १० प्रमुख विशेषताहरू ।



समृद्धिको सुसमाचार, “स्वास्थ्य र धनको सुसमाचार“ वा “विश्वासको वचन“ अभियानको रूपमा पनि चिनिन्छ । जो एक विवादास्पद धर्मशास्त्रीय विश्वास प्रणाली हो जसले सिकाउँछ कि परमेश्वरले सही प्रकारको विश्वास भएकाहरूलाई स्वास्थ्य र धन दिनुहुन्छ । समृद्धिका सुसमाचारका १० प्रमुख विशेषताहरू यस प्रकार छन ।


१.विश्वासको चिन्हको रूपमा धनः

समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले सिकाउछन कि भौतिक सम्पत्ति परमेश्वरको अनुग्रह र आशिषको दृश्यमय (देखिने ) चिन्ह हो । समृद्धिको सुसमाचारका प्रचारकहरु र यसमा विश्वास गर्ने यिनिहरुका अनुयायी (विश्वासी ) हरु विश्वास गर्छन् कि आर्थिक समृद्धि बलियो विश्वास र परमेश्वरसंगको सही सम्बन्धको प्रमाण हो ।

२.स्वास्थ्य र निको पार्ने प्रतिज्ञाहरूः

समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन । रोग र पीडालाई परमेश्वरको इच्छा विपरीतको रूपमा अर्थात श्रापको रुपमा हेर्दछन । अनी विश्वासले भरिएको विश्वासीहरूले प्रार्थना र सकारात्मक स्वीकारोक्ति मार्फत रोग निको हुने दाबी गर्दछन ।

३.सकारात्मक स्वीकार :

यी प्रचारकहरुले विश्वासीहरूलाई सकारात्मक रूपमा बोल्न र आफ्नो चाहानाहरु (स्वास्थ्य, धन, सफलता) घोषणा गर्न कारण यी गरेबापत स्वास्थ्य, धन, सफलता परिणामको रुपमा जिवनमा आउँछन भन्ने प्रोत्साहित गर्दछन । यो “यसलाई नाम दिनुहोस् र यसलाई दावी गर्नुहोस“ किनकी बोल्ने शब्दहरूमा शक्ति हुन्छ भन्ने शिक्षा दिदै विश्वाससाथ बोलेमा परिणाम आउँछ भन्ने कुरा सिकाउँछन ।

४.बीउ-विश्वासको दियाई :

यी प्रचारकहरुले आफ्ना अनुयायी ( विश्वासी ) हरूलाई तिनीहरूको चर्च वा सेवकाईमा पैसा (प्रायः “बीउ पैसा“ भनेर चिनिन्छ) दिन सिकाइन्छ कि यसो गरेमा परमेश्वरले यसलाई कयौँ गुणा गर्नुहुनेछ र यसलाई ठूलो मात्रामा तपाईलाई फिर्ता गर्नुहुनेछ । उदारता साथ विशेष गरी समृद्धि सुसमाचार प्रचारहरुमा यी बिउ छर्नुपर्दछ जहाँ बाट परमेश्वरको आशिषहरू तपाईमा बग्दछ भन्ने सिकाइन्छ ।

५.सूत्रको रूपमा विश्वासः

समृद्धिका प्रचारकहरूले अक्सर विश्वासलाई सूत्रीय प्रक्रियाको रूपमा प्रस्तुत गर्छन्, जहाँ निश्चित चरणहरू वा कार्यहरूले सधैं ईश्वरीय आशिषहरू प्राप्त गर्नेछन् । विश्वासलाई सुत्रको रुपमा प्रयोगद्धारा तपाईले आफूमा समृद्धी बर्साउन सक्नुहुन्छ भन्ने कुरा सिकाउँछन ।

६. व्यक्तिगत सशक्तिकरण ।

समृद्धिका सुसमाचार प्रचारकहरुले व्यक्तिगत सशक्तिकरणमा जोड दिन्छ, विश्वासीहरूलाई विश्वासद्वारा आफ्नो जीवन र नियतीलाई नियन्त्रण लिन सकिन्छ भनी प्रोत्साहित गर्दछन । यो प्रायः आत्म-सहायता सिद्धान्तहरू र प्रेरक प्रचार (Motivational Preaching ) सँग पङ्क्तिबद्ध हुन्छ ।

७. सफलता उन्मुख शिक्षा ।

समृद्धीका प्रचारहरुको सन्देशहरू प्रायः आर्थिक, करियर र सम्बन्धहरू सहित जीवनका विभिन्न पक्षहरूमा व्यक्तिगत सफलता हासिल गर्नमा केन्द्रित हुन्छन् । सफलतालाई परमेश्वरको आशिषको ठूलो प्रमाणको रूपमा चित्रण गर्दछन । 

८. कष्ट र परीक्षाहरु

समृद्धिको सुसमाचार प्रचारकहरुले दुःख, परीक्षा, र विश्वासको परिक्षा बेवास्ता गर्ने प्रवृत्ति राख्छन । अर्थात यी कुराहरु बाइबलीय हुन भन्ने कुरालाई इन्कार गर्छन । कठिनाइहरू प्रायः विश्वासको कमी वा गलत जिवनशैलीको कारणले गर्दा हो भन्ने कुरा गर्दछन । उनिहरु यी कुरालाई आत्मिक वृद्धी हुने अवसरहरूको रुपमा हेर्दैनन ।

९. सेलिब्रेटी प्रचारक र भव्य जीवन शैलीः

प्रख्यात समृद्धिका सुसमाचार प्रचारकहरू प्रायः भव्य जीवनशैली बिताउँछन् र आफूलाई विश्वासद्वारा हासिल गर्न सकिने सफलताको उदाहरणको रूपमा प्रस्तुत गर्छन् । तिनीहरूको धन र सफलता सबै विश्वासीहरूको लागि प्राप्त गर्ने रूपमा चित्रण गर्दछन ।

१०. बाइबलको गलत व्याख्याः

समृद्धिका सुसमाचार प्रचारकहरूले प्रायः आफ्नो शिक्षाहरूलाई समर्थन गर्न सन्दर्भबाट बाहिर रहेर प्रचार गर्दछन । अर्थात आफ्नो कुरालाई पुष्टी गर्न बाइबलका वचनहरुलाई सन्दर्भबाट बाहिर तानेर प्रचार गर्दछन । तिनिहरु परमेश्वरका आशिषसम्बन्धीका पदहरूलाई जोड दिन्छन । जबकि बलिदान, पीडा, र गरिबी बारे वचन खण्डहरूलाई प्रायः बेवास्ता गर्छन ।


निष्कर्ष : समृद्धिको सुसमाचार अबाइबलिय झुटो सुसमाचार हो । जसले महिमा र सङ्कष्टलाई विच्छेद गर्ने काम गर्दछ ।समृद्धीको सुसमाचार प्रचार गर्ने हाल नेपालीभाषी प्रचारकहरु शमूयल तामाङ, बोनी तामाङ, जेम्स तामाङ, केशब आचार्य, दानियल क्षेत्री, विनय भण्डारी, रोहित थापा, राजु सुन्दास, सिल्भराज तामाङ, सोलोमन राई, जोसेफ राई इत्यादी रहेका छन ।

- निशान घर्ति, सुर्खेत

Post a Comment

Previous Post Next Post