भजन गित : हेर त्यो थुमा ।


 

१. हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं

प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा

भाग लिन्छौं, जीवनको रोटीमा, र पिउँछौं उहाँको बलिदान

शान्तिमा हामी एक छौ भन्दै, राजाको टेबल वरिपरि


२. हाम्रो मुक्तिदाता ख्रीष्टको शरीर, तोडियो, खाऊ र याद गर

निको पार्ने चोट र जीवन दिने मृत्युले, हामीलाई एक बनाउन मोल तिर्यो

भाग लिन्छौं, जीवनको रोटीमा, र पिउँछौं उहाँको बलिदान

शान्तिमा हामी एक छौ भन्दै, राजाको टेबल वरिपरि


३. पापको हर दागलाई मेटाउने रगत, बगाइयो, पिऊ र याद गर

पिउनुभो मृत्युको कचौरा पाऊन, सकून् भनी ईश्वरको जीवन

भाग लिन्छौं, जीवनको रोटीमा, र पिउँछौं उहाँको बलिदान

शान्तिमा हामी एक छौ भन्दै, राजाको टेबल वरिपरि


४. धन्यवाद र विश्वाससाथ खडा हुन्छौं, उत्तर दिन र याद गर्न

ख्रीष्टको पाईला पछ्याउन बोलाइको, उहाँको शरीर भई पृथ्वीमा

भाग लिन्छौं उहाँको कष्टमा, घोषणा गर्छौं, ख्रीष्ट आउनेछन्

सामेल हुनेछौं, स्वर्गको भोजमा, राजाको टेबल वरिपरि


                                                                            भजन सुन्नुहोस ।




Original by Keith and Kristyn Getty Nepali translation: Susma K.C.

Post a Comment

Previous Post Next Post