समिक्षा : म प्रभुको हुँ, म मेरो आफ्नै होइन ।





 करिब आठ महिना अगाडी मैले गेट्टी म्यूजिक मार्फत रिलिज भएर्को म मेरो आफ्नै होइन’ भन्ने भजन गित सुन्ने अवसर पाएको थिए । प्रायः म गेट्टी म्युजिकको युटुव च्यानल पछ्याईरहेको हुन्छु, कारण उनिहरुले ईश्वरशास्त्रीय साथै बाइबल आधारित भजन गितहरु पस्किरहेका हुन्छन । यो गितको लेखिका स्के पिटरसन हुन् । यस अङ्ग्रेजी भजन गितलाई नेपालीमा पनी अनुवाद गरिएको रहेछ । मैले करिब एक महिना अगाडी यो भजन गित नेपालीमा सुन्ने अवसर पाए । पास्टर इशाई राईले यस गितलाई नेपालीमा अनुवाद गरी स्वर दिनुभएको रहेछ । जुन भजनलाई तपाईहरुले सुन्न सक्नुहुनेछ ।

विशेषगरी मैले आज यो गितको बारेमा लेख्न चाहेको कुरा के हो भने यो भज नगित कसरी बाइबल आधारित छ भन्ने कुरालाई देखाउदै यसले परमेश्वर र उहाँको कामलाई कसरी व्याख्या गरेको छ भन्ने कुरालाई बताउन चाहान्छु ।

१.स्वर्ग बनाउनुहुनेले मेरो ह्रदय बनाउनुभो

म जन्मनुभन्दा अगिबाटै प्रेम गर्नुभो 

म हुँ उहाँको सृष्टि, सर्वउत्कृष्ट रचना

हुनेछ ममा पूरा सबै उहाँको योजना

शुरुको छन्दमा भएका शब्दहरुलाई केलाउदा परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने सत्यतालाई घोषणा गर्दछ । जुन कुरा बाइबलमा यो सत्यतालाई देख्न सक्छौँ । उहाँले नै आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । उत्पती १ः१ त्यसैगरी निरन्तर हेर्दै जाँदा परमेश्वर सार्वभौम र सर्वज्ञानी हुनुहुन्छ भन्ने उहाँको गुणलाई घोषणा गर्दछ । कि परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन । किनकी ति अस्तित्वमा आउनुभन्दा अगाडी देखी नै परमेश्वर ति कुरा सित जानकार हुनुहुन्छ । अनि साथै ति हुन आउने कुरा परमेश्वरको नियन्त्रण भन्दा बाहिर हुँदैनन ति सबै उहाँको नियन्त्रण भित्र हुन्छन । जुन कुरा बाइबलले पनि यो सत्यतालाई बताउँछ ।

किनकि तपाईंले नै म भित्रका अङ्गप्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।

म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु । तपाईंका कार्यहरू अद्भुत छन, र त्यो कुरा म पूर्ण रूपले जान्दछु । जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन । अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे । मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थिया । त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए । भजनसंग्रह १३९ः१३–१६

परमेश्वरले बनाएका सबै कुरा अर्थपुर्ण र उहाँको नजरमा मूल्यवान छन । तर उहाँले अन्य सबै सृष्टी गरेका थोकहरु भन्दा मानिसलाई उत्कृष्ट रुपमा बनाउनु भएको थियो । मानिसलाई अन्य सबै थोकहरुभन्दा सर्वश्रेष्ठ रुपमा बनाउनुभयो । जसलाई आफ्नै स्वरुप अनि प्रतिरुपमा बनाउनुभयो । साथै उहाँले मानिसलाई एक भन्डारे अर्थात जिम्मेवारी दिएर अधिकार पनी दिनुभयो । त्यही सत्यतालाई यहाँ घोषणा गरिएको छ जुन कुरा बाइबलमा पनी हामी स्पष्ट रुपमा हेर्न सक्छाँै ।

अनि परमेश्वरले भन्नुभयो, “ मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। ” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत्पती १ः२६–२७

२.मेरो शरीर मन्दिर हो जीवित परमेश्वरको 

म गर्नेछु आराधना हुँ रगतले किनिएको

नतुल्याउँ अपवित्र भनि उहाँको स्वरूप ममा 

 धारण गर्छु पवित्रता यस शरीरमा  

दोस्रो छन्दलाई विचार गर्दा हामी जीवित परमेश्वरको मन्दिर हौँ भन्ने कुरा छ त्यसलाई विचार गर्दा जब अदनको बगैँचा जो परमेश्वरको मन्दिर थियो, जहाँ मानिस र परमेश्वर विचको सम्बन्ध समूधर थियो । तर जुन मन्दिरमा मानिसले सेवा गर्दथ्यो त्यो मानिस नै आफूले सेवा गर्ने परमेश्वर विरुद्ध विद्रोह गरिसकेपछी उ अपराधी बन्न पुग्यो । अनी त्यो मन्दिरबाट निकालियो । तर परमेश्वर जो कृपामा धनि हुनुहुन्छ उहाँले फेरी मानिसलाई आफ्नो पूजाहारीमा फकाई ल्याउनको लागी बनाएको उद्धारको योजना अनुरुप परमेश्वर जो पवित्र र धर्मि हुनुहुन्थ्यो आफ्नो उपस्थीती देखाउनलाई उहाँले मानिसलाई अस्थायी भौतिक स्थान निर्माण गर्न आज्ञा गनुृभयो । जहाँ हामी पूरानो करारमा भेटहुने पाल (प्रस्थान २५–३१), मन्दिर ( २ इतिहास २–७) इत्यादी गराएको देख्दछौँ । तर नयाँ करारमा येशू ख्रीष्ट जो परमेश्वरको पूर्णरुप हुनुहुन्छ । जसलाई इम्मानुएल भनिएको छ, जसको अर्थ “परमेश्वर हामी सँग” भन्ने हुन्छ । उहाँ स्वयंम मन्दिर हुनुहुन्छ । युहन्ना २ः२१–२२ साथै उहाँ प्रधान पूजाहारी र सिद्ध बलि पनी हुनुहुन्छ । जुन पापी मानिस पवित्र परमेश्वरको उपस्थीतीमा जान सन्दैनथ्यो । ( रोमी ३ः२३ ) येशू ख्रीष्टको पूजाहारीपन र सिद्ध बलि र उहाँ नै मन्दिर भएको कारणले गर्दा पापी मानिस अब परमेश्वरको उपस्थीतीमा जान सक्नेभयो । जसकारण येशू ख्रीष्टले सामरी स्त्री सितको कुराकानीमा त्यही कुरा बताउनुभयो । युहन्ना ४ः२३–२४ मा तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरुले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन । किनकि आराधना गर्ने यस्तै आराधकहरुलाई नै पिताले खोज्नुहुन्छ । परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरुले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” साथै येशू ख्रीष्टले आफ्नो कामद्धारा हामीलाई पवित्र तुल्याउनुभयो । जसकारणले गर्दा पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ । त्यसैले हामी परमेश्वरका मन्दिर हौँ । कारण परमेश्वर जहाँ वास गर्नुहुन्छ त्यो परमेश्वरको मन्दिर हो । जसो परमेश्वर आज हामीमा वास गर्नुहुन्छ, जसकारण हामी उहाँको मन्दिर भएका छाँै । जुन कुरा वचनले यसरी बताउँछ । 

के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ । १ कोरन्थी ६ः१९

अनि हामी ख्रीष्टको रगतद्धारा दाम तिरी किनिएका हाँै । जसकारण वचनले पनी त्यही सत्यता बताउँछ । 

तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ । १ पत्रूस १ः१९

हामी परमेश्वरको मन्दिर हौँ भने हामीले विचार गर्नुपर्ने कुरा परमेश्वर पवित्र हुनुहुन्छ । जसकारणले गर्दा हामीले त्यही पवित्रतालाई धारण गरी मन्दिरलाई पवित्र राख्ने कुरामा विचार गर्नुपर्छ । कारण हामी भित्र वास गर्नेको बारेमा बाइबलले यसरी भन्दछ : तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु । १ पत्रूस १ः१५–१६

छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर । एफिसी ४ः२२–२४

को. म प्रभुको हुँ, म मेरो आफ्नै होइन 

म प्रभुको हुँ, म मेरो आफ्नै होइन

आदर गर्छु उहाँको, कारण जान्दछु  

म प्रभुको हुँ, म मेरो आफ्नै होइन

यस भजनको गितको कोरसलाई नियाल्दा गायिकाले यो सत्यतालाई बताउन चाहान्छिन कि संसारले आफैँमा आफ्नो परिचय खोजिरहेको बेला कति पटक हामी ख्रीष्टियानहरुको परिचय येशूमा हुँदा पनी यो कुरालाई बारम्बार भुल्दछौँ । जसकारण संसारले जसरी आफ्नो परिचय आफैँमा खोजिरहेको छ । तिमी जस्तौ छाँै त्यस्तै बन, तिमि आफँैमा नै तिम्रो परिचय छ, तिमी जे गर्छौ तिमि त्यो कुरामा ठिक छौँ, तिमिलाई जे मन लाग्छ त्यही गर, तिमिले जुन बाटो हिड्छाँै त्यो नै ठिक हो जस्ता कुराहरुमा संसार हिडिरहेको छ । केही महिना अगाडी नेपालमा समलिंगि विवाहदर्ता पनी भएको घटनाहरु आएको थियो । कति पटक यस्ता कुराहरु हाम्रो वरिपरि हुँदै गर्दा हामी पनि हाम्रो ख्रीष्टमा भएको परिचयलाई भुली आफैँमा आफैँको परिचय बनाउन र जिउन थाल्दछौँ । 

हाइडलबर्ग धार्मिक शिक्षामा भएको यो प्रश्न र उत्तरलाई विचार गरौँ ।

प्रश्न : जीवन र मृत्यूमा तपाईको एकमात्र सान्त्वना के हो ?

उत्तर ः कि म मेरै होइन, ( तर मेरो ) शरीर र प्राण, जीवन र मृत्यूमा मेरो विश्वासयोग्य मुक्तीदाता येशू ख्रीष्टमा सम्बन्धित छु ।  उहाँले आफ्नो अमूल्य रगतद्धारा मेरो सबै पापहरुको मुल्य पूर्ण रुपमा तिरिसक्नुभएको छ, र मलाई शैतानको बन्धनबाट छुटाउनुभएको छ । उहाँले मलाई यस्तो प्रकारले हेरविचार पनि गर्नुहुन्छ कि, मेरो शिरको एउटा राँै पनि मेरो स्वर्गमा हुनुहुने पिताको इच्छाविना मेरो शिरबाट झर्दैन । वास्तवमा मेरो मुक्तिको लागी सबै कुराहरु सँगसँगै काम गर्दछन । म उहाँको भएको कारण, ख्रीष्टले उहाँको पवित्र आत्माद्धारा, मलाई अनन्त जीवनको निश्चयता दिनुहुन्छ र मलाई अब उप्रान्त पूरा हृदयले तत्परता र तयारीका साथ उहाँको निम्ति जिउने बनाउनुहुन्छ । 

जसकारण वचनले पनी यही सत्यतालाई घोषणा गर्दछ ः तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरुले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरुभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन ? तिमीहरु स्वयम आफ्नै होइनौ । तिमीहरु मोल तिरेर किनिएका हौ । यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर । १ कोरन्थी ६ः१९–२०

३ उहाँले मेरो उद्धार गर्नुभो, म आफ्नै होइन

मेरो मूल्यको नाप उहाँको प्रेम बाहेक केही छैन 

मलाई धर्मी घोषणा गर्नुहुन्छ, आफ्नो सामु उहाँले     

चिन्नेछु आफैलाई उहाँले दिनुभएको नाउँले

तेस्रो छन्दलाई विचार गर्दा हाम्रो उद्दार न त हामी आफैद्धारा भएको हो न त कुनै कुरा विस्पोटन भएर नै भएको हो । तर हाम्रो उद्धारको श्रेय लिन योग्य त केवल परमेश्वर मात्र हुनुहुन्छ । जसले पापीहरु प्रति आफ्नो प्रेम दखाउनुभयो । ( रोमी ५ः८ ) जसो वचनले यसरी बताउँछ ।

ज्योतिमा सन्तहरुका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनुहुने पितालाई धन्यवाद चढाओ । उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ । उहाँमा हाम्रो उद्धार, अर्थात पापको क्षमा छ । कलस्सी १ः१२–१४

साथै परमेश्वर स्वयंमले हामीलाई आफ्नो सामू ल्याउनको निम्ति पूत्र येशू ख्रीष्टलाई बाटो बनाउनुभयो । मार्टिन लुथरले भने जस्तै एउटा महान साटफेर भयो, पापिको पाप येशू ख्रीष्टमा हालियो, अनी येशू ख्रीष्टको धार्मिकता पापीहरुलाई दिईयो । परमेश्वरले आफ्नो पूत्रद्धारा नै आफ्नो सामू हामीलाई धर्मि घोषणा गर्नुभयो । जसकारण वचनले यसरी भन्दछ ः किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो । २ कोरन्थी ५ः२१

र परमेश्वरले हामीलाई एउटा नयाँ परिचय दिनुभयो । कि हामी उहाँको सन्तान हुने अधिकार पायौ । परमेश्वरबाट जन्मिएकाहरुको एउटा नयाँ परिचय भनेको हामी परमेश्वरको सन्तान बन्न पायौँ । ( युहन्ना १ः१२–१३ ) जसो वचनले पनि यही सत्यतालाई बताउँछ । हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि । यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन । १ युहन्ना ३ः१

४.म मेरो आफ्नै होइन छ स्वतन्त्र ह्रदय मेरो

हे प्रभु बनाउनुहोस मलाई आफ्नो इच्छाको 

तपाईंले बनाउन नसक्ने गरी बिग्रेको छैन केही  

हे प्रभु सुम्पन्छु मेरो जीवन तपाईंमै 

छन्द चारले परमेश्वरको सर्वशक्तीमान गुणलाई देखाउँछ । जसले सबै कुरा गर्न सक्नुहुन्छ । उहाँमा असम्भव भन्ने कुरा छैन । उहाँ यस्तो सृष्टीकर्ता हुनुहुन्छ कि उहाँले बनाउन नसक्ने गरी कुनै कुरा भत्किएको छैन । न त उहाँले बनाउन नसक्ने गरी कुनै कुरा भत्किन सक्छ । परमेश्वर हाम्रो सृष्टीकर्ता भएको कारणले गर्दा हामी यदि भत्कियौ भने हामी आफैँले बनाउन सक्दैनौ तर केवल परमेश्वरले मात्र हामीलाई बनाउन सक्नुहुन्छ । यहि सत्यता जसो उहाँले वचनमा आफूलाई एउटा कुमालेको रुपमा पनी प्रस्तुत गर्नूभएको छ ।  

यर्मियाकहाँ आएको परमप्रभुको वचन यही होस “तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु ।” यसैले म तल कुमालेको घरमा गएँ । त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखें । तर त्यसले बनाईरहेको माटोको भाँडो त्यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँडो बनायो । तब परमप्रभूको वचन मकहाँ आयोः हे इस्राएलका घराना यस कुमालेले गरेझैँ के म तँलाई गर्न सक्दिन र ? परमप्रभू भन्नुहुन्छ । हे इस्राएलका घराना, यस कुमालेले गरेझैँ कुमालेको हातमा माटो भएझैँ  तँ पनी मेरो हातमा छस् । यर्मिया १८ः१–६  

                                                      यस भजन गितलाई नेपालीमा सुन्नुहोस ।






Post a Comment

Previous Post Next Post