भजन गित : मेरो मूल्य आफैंमा छैन ।


मेरो मूल्य आफैंमा छैन 

नत शरीरको शक्तिमा

छ त केवल कष्ट सहेको 

त्यो क्रूसमा 


मेरो मूल्य नाम, सीपमा छैन 

न जित, हार, घमण्ड न शर्ममा 

छ त ख्रीष्टको रगत बहेको

त्यो क्रूसमा


को. मेरो उद्धारकर्तामा रमाँउछु, मेरो धन र 

जीवनको मूलधारा 

केवल उहाँमा भरोसा गर्छु 

मेरो आत्मा उहाँमा तृप्त हुन्छ 


फूल झैँ जीवन छिट्टै ओइलाउछ

नाम, सुन्दरता जवानी हटिजान्छ 

तर अनन्त जीवन हामीलाई बोलाउछ

त्यो क्रूसमा 


म घमण्ड गर्दिन, धन र शक्तिमा

नत मानिसको बुद्धीमा

तर ख्रीष्टलाई चिन्न, आनन्द गर्छु 

त्यो क्रूसमा


को. मेरो उद्धारकर्तामा रमाँउछु, मेरो धन र 

जीवनको मूलधारा 

केवल उहाँमा भरोसा गर्छु 

मेरो आत्मा उहाँमा तृप्त हुन्छ 


 दुई आश्चर्यता, म स्वीकार गर्छु

मेरो मूल्य र मेरो बेमोलता 

मेरो मूल्य तोकियो, पापको ऋण तिरियो 

त्यो क्रूसमा




Original:  Keith & Kristyn Getty
Nepali translation: Baadal Chhantyal 

Post a Comment

Previous Post Next Post