भजन गित : येशू वरदानको मूल-धारा ।


 

१.येशू वरदानको मूल-धारा, गंरु योग्य प्रशंसा,

 दया-खोला लगातार बगिरहेछ ममा। 

स्तुति गर्न दिनोस् मलाई स्वर्गदूतले गरे झैँ,

प्रभु ख्रीष्टको प्रेम र भलाई छ अगाध अपार सधै।

 

२. यतिन्जेल मेरो उद्धारक तपाई हुनु भो आफै,

 राखी एबेनएजरस्मारक अघि बढ्छु स्वर्गमै

बगाल छोड्ने भेडाजस्तो मलाई खोजे येशूले,

नाशदेखि बचाउन आफ्नो अमोल रगत बगाए।

 

३. ईश्वरको अनुग्रह हेरी ऋणी आफुलाई ठान्छु,

त्यो अनुग्रह सांलासरी बाधोस चंचल मन मेरो।

आफ्नै सुरमा जान खोज्ने मन छ मेरो, छैन स्थिर,

लिनोस् मन, हे लिनोस् प्रभु स्वर्गको लागि राख्नोस् दृढ।

 

 


Nepali Christian Hymnal. Original Words by Robert Robinson (1758)

Post a Comment

Previous Post Next Post