भजन गित : म प्रभुको हुँ, म मेरो आफ्नै होइन ।


१. स्वर्ग बनाउनुहुनेले मेरो ह्रदय बनाउनुभो

म जन्मनुभन्दा अगिबाटै प्रेम गर्नुभो 

म हुँ उहाँको सृष्टि, सर्वउत्कृष्ट रचना

हुनेछ ममा पूरा सबै उहाँको योजना 


२. मेरो शरीर मन्दिर हो जीवित परमेश्वरको 

म गर्नेछु आराधना हुँ रगतले किनिएको

नतुल्याउँ अपवित्र भनि उहाँको स्वरूप ममा 

धारण गर्छु पवित्रता यस शरीरमा  


को. म प्रभुको हुँ, म मेरो आफ्नै होइन 

म प्रभुको हुँ, म मेरो आफ्नै होइन

आदर गर्छु उहाँको, कारण जान्दछु  

म प्रभुको हुँ, म मेरो आफ्नै होइन


३. उहाँले मेरो उद्धार गर्नुभो, म आफ्नै होइन

मेरो मूल्यको नाप उहाँको प्रेम बाहेक केही छैन 

मलाई धर्मी घोषणा गर्नुहुन्छ, आफ्नो सामु उहाँले     

चिन्नेछु आफैलाई उहाँले दिनुभएको नाउँले


को. म प्रभुको हुँ, म मेरो आफ्नै होइन 

म प्रभुको हुँ, म मेरो आफ्नै होइन

आदर गर्छु उहाँको, कारण जान्दछु  

म प्रभुको हुँ, म मेरो आफ्नै होइन


४. म मेरो आफ्नै होइन छ स्वतन्त्र ह्रदय मेरो

हे प्रभु बनाउनुहोस् मलाई आफ्नो इच्छाको 

तपाईंले बनाउन नसक्ने गरी बिग्रेको छैन केही  

हे प्रभु सुम्पन्छु मेरो जीवन तपाईंमै     


को. म प्रभुको हुँ, म मेरो आफ्नै होइन 

म प्रभुको हुँ, म मेरो आफ्नै होइन

आदर गर्छु उहाँको, कारण जान्दछु  

म प्रभुको हुँ, म मेरो आफ्नै होइन


आदर गर्छु उहाँको, कारण जान्दछु  

म प्रभुको हुँ, म मेरो आफ्नै होइन




Original: Skye Peterson
Translation: Isai Rai (03.05.2023)

Post a Comment

Previous Post Next Post